असान्दर्भिक राजतन्त्रको मुद्दा

गोरखापत्र

काठमाडाैँ

अमेरिकी लेखिका सुले भनेजस्तै देशमा राजतन्त्रको अवस्था देखिएको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा राजतन्त्रको मुद्दा यति फितलो बन्यो कि, बारा, चितवन र तनहुँमा राजतन्त्र र हिन्दु राज्यको मुद्दासहित चुनावमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार जमानत जफतमा परे । उनीहरूले ल्याएको मत हजारमा पनि गणना नहुने दिन आयो ।

अर्थात् २०७९ मङ्सिर ४ गते भएको सङ्घ र प्रदेशको निर्वाचनमा हिन्दु राज्य र राजतन्त्रको मुद्दा जति पेचिलो देखिएको थियो, यही मुद्दाले कतै एमाले र नेपाली कांग्रेसलाई पनि क्षति पो पुग्छ कि भन्ने अनुमान थियो । किनभने एमाले र कांग्रेसभित्र पनि राजतन्त्र नभने पनि हिन्दु राज्यचाहिँ बोल्ने बेला भयो कि भन्ने जमात बढ्दै थियो ।

यहीबेला जनआक्रोशलाई जडीबुटी नै हुने हिन्दु राज्यबारे कांग्रेस, एमाले नबोल्दा भोट घट्छ भन्ने पनि त्यही पार्टीभित्र ठूलै पङ्क्तिमा थिए । राप्रपाले जोडतोडका साथ यही मुद्दा उठाएपछि निर्वाचनमा कांग्रेस, एमाले भयमै थियो । नभन्दै राप्रपाले राम्रै जनमत पनि बटुल्यो तर त्यही मङ्सिर कटेर पाँच महिनापछि मुलुकका तीन ठाउँमा भएको उपनिर्वाचनमा राप्रपा नगन्यमा पुग्यो । राजतन्त्रको मुद्दाले जमानत जोगाउन सकेन ।

प्रकाशित मिति: : 2023-04-30 18:44:00

प्रतिकृया दिनुहोस्