शान्तिका दूत गौतम बुद्ध

राजधानी दैनिक

काठमाडाैँ

बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध राजा शुद्धोधनको एक मात्र छोरा थिए । यिनी कपिलवस्तु राज्यमा ईसापूर्व ५६३ वर्ष पहिले मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य राजावंशका राजकुमार थिए । यिनी विलक्षण प्रतिभाशाली व्यतिmत्व थिए । यिनी गरीब गुरुवा व्यक्तिलाई कसरी उदार गर्न सकिन्छ भन्ने चिन्तन मनन अहोरात्र गरिरहन्थे । उनका पिताले आफ्नो छोराले सन्यासीरूप धारणा गर्ने देखेर २१ वर्षको उमेरमै यशोधरा नामकी एक राजकुमारीसँग विवाह गरिदिए ।

यसरी यिनले १० वर्षसम्म घर व्यवहारमा गृहस्थीका रूपमा जीवन बिताए । यिनले बिरामी, बुढोको साथै एक दिन मुर्दा देखेर चिन्ताले यिनको दिलमा निकै नै ठूलो चिसो पस्यो । यी सबै कुरालाई देखेर मानिस किन यस्तो झन्झटमा फस्दछन् योभन्दा त सन्यासी हुनु नै राम्रो हो । यसरी समयले आफ्नो गति लिइरहेको थियो । यिनको ३० वर्षको उमेरमा एउटा छोराको जन्म भयो । तसर्थ छोराप्रति माया र मोहको जालोले फसिएला भनेर एक दिन रातमा आफ्नो घर छोडेर ज्ञानको खोजीमा हिडे । त्यसपछि उनको संसारप्रति भोगविलासलाई परित्याग गरी एउटा ब्राह्मणको चेलो बने । उनी धुम्दै फिर्दै बोधगाया भन्ने ठाउँमा पुगे । उनले यसै वृक्षको बोटमुनि बसेर छ वर्षसम्म कठोर तपस्या बसे ।

प्रकाशित मिति: : 2023-05-06 06:11:00

प्रतिकृया दिनुहोस्