मुगुको पाटनमा हिमपहिरो, जुम्लाका तीनजना पुरिए

फाइल तस्विर
फाइल तस्विर

मुगुको पाटनमा आएको हिमपहिरोमा तीनजना पुरिएका छन्।

पुरिने जुम्ला पातारासी गाउँपालिका वडा २ का ३५ वर्षीया वीरबहादुर बोहोरा, ४० वर्षीया तारासी सार्की र ३५ वर्षीय पुन्न सार्की रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

हिमपहिरोमा पुरिएका एकजनाको शव फेला परेको छ भने २ जना बेपत्ता भएकाे खबर छ।

जेठ ४ गतेबाट मात्रै पाटन खुल्ला गर्ने भनिए पनि बाटाे छलेर अगावै यार्सागुम्बा टिप्न गएका पातारासीका १५ जनामध्ये ३ जना हिमपहिराेमा पुरिएका हुन्।

प्रकाशित मिति: : 2023-05-06 21:41:00

प्रतिकृया दिनुहोस्

    Rmro x

    • 11 महिना अगाडि
    • ranna bahadur Rawat