नक्कली शरणार्थी मामिलामा राष्ट्रसङ्घ चिन्तित

बिबिसी

काठमाडाैं

आर्थिक लेनदेन गरेर नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रपञ्च गरिएको मामिलाले नेपालको राजनीतिक वृत्तमा उथलपुथल भइरहेको बेला संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर)ले त्यसप्रति गहिरो चिन्ता प्रकट गरेको छ।

यूएनएचसीआरको नेपालस्थित कार्यालयले बीबीसी न्यूज नेपालीले सोधेको प्रश्नको लिखित जबाफ दिँदै ‘नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको’ विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको प्रतिक्रिया दिएको छ।

“यस मामिलामा नेपाल सरकारको अनुसन्धानको हामी स्वागत गर्छौँ,” उसले भनेको छ।

सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी अर्का पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन्।

प्रकाशित मिति: : 2023-05-10 18:02:00

प्रतिकृया दिनुहोस्