आईपीएलमा चेन्नाईले दिल्लीलाई हरायो

फाइल तस्बिर
फाइल तस्बिर

इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ। १२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थान भएकाे  हाे।

चेन्नाईले लिगमा बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ। सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा छ र प्लेअफको सम्भावना लगभग सकिएको छ।

दिल्लीका लागि राइले रुसोले सर्वाधिक ३५ रन बनाउँदा मनिस पाण्डेले २७ र अक्षर पटेलले २१ रन बनाए। चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाएकाे हाे।

चेन्नाईका लागि मथिशा पिथरनाले ३ तथा दिपक चाहरले २ विकेट लिए । रविन्द्र जडेजाले १ विकेट लिए। त्यसअघि घरेलु मैदान टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ८ विकेट गुमाएर १६७ रन बनाएको थियो। अजिन्का रहानेले पनि २१ रन जोडे । कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा अविजित २० रन जोडे।

प्रकाशित मिति: : 2023-05-11 06:17:00

प्रतिकृया दिनुहोस्