पूर्वगृहमन्त्री खाँणलाई तत्काल निलम्बन नगर्ने कांग्रेसको निर्णय

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल निलम्बन नगर्ने भएको छ।

बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले पूर्व गृहमन्त्री समेत रहेका खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट तत्काल निलम्बन नगर्ने निर्णय गरेको हो। 

कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाउनुउचित नहुने बताए। कांगेसले दोषीलाई नछोड्ने उनको दाबी छ।

 

प्रकाशित मिति: : 2023-05-11 19:30:00

प्रतिकृया दिनुहोस्