अमेरिकी संसदमा ‘नागरिकता कानुन विधेयक २०२३’ दर्ता, नेपालीकाे अमेरिका आउने सपना तुहिने सम्भावना

Photo: Agency
Photo: Agency

अमेरिकामा सत्तासिन डेमोक्रेटिक पार्टीले संसदमा ‘नागरिकता कानुन विधेयक २०२३’ दर्ता गराएको छ।

क्यालिफोर्नियाकी डेमोक्रेटिक सांसद लिन्डा सान्चेजले संसदमा दर्ता गराएको यो विधेयमा एच वान वि भिसालाई पुनर्मूल्यांकन गर्ने, हाल अमेरिकामा रहेका करिब एक करोड कागजपत्रविहीनलाई नागरिकता प्रदान गरेर करको दायरामा ल्याउने र डिभी लोटरी जस्ता कोटामा वितरण गर्ने ग्रिन कार्ड अर्थात् कानुनी रुपले अमेरिकामा बस्न र काम तथा व्यापार गर्न दिने कानुनलाई बन्द गर्ने जस्ता विषयहरु छन्।

यसैबीच न्युयोर्क राज्यका डेमोक्रेटिक कंग्रेसम्यान हाकिम जेफ्रिसले अमेरिका निर्माण गर्न  सम्पूर्ण आप्रवासीको महत्वपूर्ण योगदानलाई बिर्सिन नहुने रोयटर्सलाई बताएका छन्।

दुबै सदनमा कुनै पनि पार्टीको बहुमत नभएको कारण याे विधेयक पारित हुन्छ वा हुँदैन यसै भन्न नसकिए पनि यदि पारित भयो भने हरेक वर्ष करिब तीन हजारको संख्यामा डिभी लोटरी मार्फत् अमेरिका आउने नेपाल लगायतका आप्रवासीहरुको अमेरिका आउने सपना तुहिने सम्भावना छ।

प्रकाशित मिति: : 2023-05-14 18:00:00

प्रतिकृया दिनुहोस्