साफ च्याम्पियनसिप: नेपालले आफ्नो पहिलाे खेल कुवेतसँग खेल्दै

भारतमा आयोजना हुने १४औँ संस्करणको साफ च्याम्पियनसिमा नेपालले आफ्नो पहिलाे खेल कुवेतसँग खेल्ने भएकाे छ।

बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले खेल तालिका सार्वजानिक गरेको हो। समूह 'ए' मा रहेको नेपालले पहिलो खेल असार ६ गते कुवेतसँग खेल्दै छ भने दोस्रो खेल साविक विजेता भारतसँग असार ९ गते खेल्दै छ।

भारतको बैंगलाेरको श्री कान्तीराभा रंगशालामा हुने सो प्रतियोगितमा नेपालले तेस्रो खेल असार १२ मा पाकिस्तानसँग खेल्ने छ।

साफले बुधबार नै समूह विभाजन गरेको थियो, जसअन्तर्गत समूह 'ए' मा आयोजक राष्ट्र भारतसहित नेपाल, कुवेत र पाकिस्तान रहेका छन् भने समूह 'बी' मा भुटान, बगंलादेश, लेबनान र माल्दिभ्स रहेका छन्।

साफ च्याम्पियनसिपको फाइनल खेल १९ असारमा हुनेछ।

प्रकाशित मिति: : 2023-05-17 16:33:00

प्रतिकृया दिनुहोस्