दाङमा दुई बस ठाेकियाे, एक जनाकाे मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

दाङमा दुई बस एकआपसमा ठाेकिएका छन्। दाङ देउखुरीकाे लमही नगरपालिका ३ पूर्व-पश्चिम राजमार्गमा दुई बस ठाेकिँदा एक जनाकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ। 

मृत्यु हुनेमा रोल्पाकाे रुन्टीगढी गाउँपालिका -७ की ४२ वर्षीया शाेभा परियार रहेकी छन् । शाेभाका दुई छोरा पनि दुर्घटनामा घाइते भएका छन्।

लमहीबाट भालुवाङ तर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस शुक्रबार विहान करिब ५ बजे दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए।

बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी करिब दुई दर्जन बढी घाइते भएका छन्।  केहीकाे अवस्था गम्भीर रहेकाे छ। 

थप विवरण आउँदैछ।

प्रकाशित मिति: : 2023-05-19 07:52:00

प्रतिकृया दिनुहोस्