दुई वर्षभित्र गरीब घर-परिवारलाई परिचयपत्र दिइने

सरकारले आगामी दुई वर्षमा गरीब घरपरिवारलाई परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन।

पौडेलले दुई वर्षभित्रमा गरीब घरपरिवार पहिचान गर्ने र परिचयपत्रसमेत वितरण गरी सक्ने घोषणा गरे। राष्ट्रपति पौडेलले गरीब घरपरिवार परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्दै साजिक सुरक्षा कार्डमा रुपान्तरण गरिने पनि बताए।

यस्तै सिमान्तकृत र विपन्न परिवारलाई वडा तहमा सहुलियत खाद्यान्न वितरण गरिने उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-05-19 16:58:00

प्रतिकृया दिनुहोस्