एमाले संसदीय दलको बैठक बस्दै

संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ।

शनिबार दिउँसो १२ बजे नयाँ बानेश्वरमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका छन्।

सरकारले संसदमा नीति कार्यक्रम पेस गरिसकेपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो। सरकारको नीति तथा कार्यक्रममाथि भोलिदेखि संसद्मा छलफल हुँदैछ।

एमालेले सरकारको नीति तथा कार्यक्रमबाट संस्थागत धारणा निर्माण गर्न र बजेटमाथिको छलफलमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो।

प्रकाशित मिति: : 2023-05-20 08:29:00

प्रतिकृया दिनुहोस्