एक लाख सक्कली नोटमा ३ लाख नक्कली नोट मिसाएर बढ्दै छ अवैध कारोबार

सेतोपाटी

रोहित महतो

गत वैशाख ११ गते जनकपुरधाम उपमहानगरपालिका–२३, बसपार्कमा एक महिला एउटा कालो ब्याग बोकेर डुल्दै थिइन्। गतिविधि शंकास्पद लागेर प्रहरीले उनलाई पछ्याएको थियो।

धनुषाको विदेह नगरपालिका–६ निवासी ती महिला थिइन् २५ वर्षीया अनुकुमारी साह। प्रहरीले बसपार्कमा उनको खानतलासी गर्‍यो। ब्यागमा एक हजार रुपैयाँ दरका ४९२ वटा र ५ सय रुपैयाँ दरका ५५९ वटा नोट फेला परे। हजार दरका सबै नोटमा ७ वटा नम्बर दोहोरिएका थिए। यसैगरी ५ सय दरका सबै नोटमा ६ वटा नम्बर दोहोरिएका थिए।

जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार अनुको ब्यागबाट बरामद ७ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ सबै नक्कली थियो।

प्रकाशित मिति: : 2023-05-20 10:35:00

प्रतिकृया दिनुहोस्