शेरबहादुरजी गृहमन्त्री भएको बेलामा चार चरणसम्म भुटानी शरणार्थीको विषयमा छलफल भएकाे थियाे: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री भएको बेलामा चार चरणसम्म भुटानी शरणार्थीको विषयमा छलफल भएकाे बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिका छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन्।

उनले भने, ‘सन् १९८९/९० मा भुटानले नेपाली मुलका नेपाली भाषीहरुलाई खेदेपछि उनीहरु विभिन्न खोला किनारमा आएर अलपत्र ढंगले अलपत्र ढंगले बसे। विभिन्न संघसंस्था र नेपाल सरकारको ध्यानाकर्षण हामीले गराउन सक्यौं। क्याम्पहरुमा हामीले राख्यौं। त्यसपछि भुटानसँग वार्ता प्रारम्भ गर्यौं।’

‘त्यसबेलामा पुराना मित्र माननीय शेरबहादुर देउवाजी गृहमन्त्री हुनुहुन्थ्यो, उहाँले पहिलो, दोस्रो, तेस्रो र चौंथो चरणको वार्ता भयो। ५१ पछि म गृहमन्त्री भएँ। पाचौं र छैठौं वार्ता मैले गरे। त्यसबेला मैले स्पष्ट बुझेँ भुटान शरणार्थी सुन्नै चाहँदैन। भुटानी र शरणार्थी भन्न पनि चाहँदैन। त्यस्तो अवस्थामा फिर्ता त परै जाओस् कहाँ कहाँबाट जम्मा गरेर ल्याएको मान्छे भन्छ’, उनले भने। 

 

प्रकाशित मिति: : 2023-05-21 13:29:00

प्रतिकृया दिनुहोस्