‘बाघ भोकै मर्छ तर घाँस खाँदैन भनेझै केपी ओली म्याउँ म्याउँ गर्दैन’ (भिडियाेसहित)

नेकपा (एमाले)का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेका बेला शीर्ष तीन नेताहरुले भेट्नुलाई गलत तरिकाले प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन्।

ओलीले आइतबारको प्रतिनिधिसभा बैठकको संबाेधनका त्रममा बोल्दै आफू आफ्नो मान्छे बचाइदेऊ भन्दै कोहीसँग गुहार नगरेको प्रक्रिया दिए।

‘तीन्टा पार्टीका प्रमुखहरु पटक–पटक भेट गर्दा सन्देह पैदा भयो, संसद बैठक पटक–पटक बस्दा सन्देह पैदा भयो, मन्त्री परिषद्को बैठक पटक–पटक बोल्दा सन्देह पैदा भयो किन ?’ उनले भने, ‘अनि, नेताहरु सदन चलाउनुछ, देशको अवस्था यस्तो छ, सदन कसरी चलाउने सहमतीय बाटोमा कसरी जाने आदि कुराहरुमा नेताहरु छलफल गर्दैनन् ? कानुनहरु निर्माण गर्नुछ संशोधन गर्नुछ, त्यो संसदमा कसरी गर्ने ? भन्ने कुरा गर्दैन ? जटिल प्रकारका बनावटहरु हुन्छन् संसदीय अभ्यासका क्रममा, ती जटिल बनावटका प्रक्रियामा स्मुथली कसरी लाने त्यस विषयमा छलफल गर्दैनन् ?’

उनलेसँगै भेट भएका तीन जनामध्ये दुई जना नेता दूध नुहाएको र आफू दोषी भन्ने नहुने बताए। ‘मानिलिऊ तीन जना नेता भेट्दाखेरि पनि दुइटा नेता दूधमा नुहाएका हुने, दूधैकुण्डमा नुहाएको हुने अनि म चाहिँ गएर त्यहाँ ल न मेरो मान्छे बचाइदेउ यस्तो गर्दैउ भने र म्याउ म्याउ गर्न गएको ?,’ ओली कडा शैलीमा भने,‘केपी ओलीले अरुथोक गर्ला बाघ भोकै मर्ला घाँस खाँदैन, म्याउ म्याउ गर्दैन।’

ओली भ्रष्टाचारको कारबाहीमा निष्पक्ष र तटस्थ ढंगले छाबिन गर्नुपर्ने बताए।

भिडियाे :

प्रकाशित मिति: : 2023-05-21 13:42:00

प्रतिकृया दिनुहोस्