कल्पनाकाे मायाजालमा पर्दा रुँदै हिँडिरहेका पूर्वउपसचिव, जाे ७७ वर्षकाे उमेरमा धाउँदैछन् अदालत

एकजना महिला कर्मचारीले एकैपटक दुइटा विवाह गरेको भेटिएको छ। दुइटा विवाह गरेर आफ्नै बुवाकै उमेर समानका एक रिटायर्ड उपसचिवलाई अहिले मर्नु न बाँच्नुको स्थितिमा पुर्‍याइदिएकी छिन्।

चितवनकी कल्पना डौलीयाबाट अन्याय खेपिरहेका रिटायर्ड उपसचिव भीमलाल लामिछाने जीवनको उत्तरार्धमा अड्डा अदालत धाउन विवश छन्, उनै कल्पनाका कारण।

भीमलाल लामिछाने, जो ०६६ सालमै उपसचिव पदबाट रिटायर्ड भए। पोखरा मूल घर भएका लामिछाने तीन छोरा र दुई छोरीका पिता, जेठी श्रीमती बाउँठिएर हिँडेपछि एक्लो जीवन बाँचिरहेका थिए, १७ वर्षसम्म। उनलाई चिन्ने र जान्नेहरुका अनुसार, भीमलालको जेठी श्रीमती ०५० सालमै अंश लिएर अलग भइसकेकी थिइन्। ०६३ साल साउनबाट कानुनी रूपमै पूणर्विराम लगाएका भीमलालका साथमा थिएनन्, छोरा–बुहारी पनि।


नेपाल आर्मीका ‘इन्जिनियर’ रामबहादुरको आश्रममा बास (भिडियोसहित)


बुढेसकालमा गाह्रो–साह्रो पर्दा, बिरामी हुँदा तातो पानीसम्म तताएर दिने कोही थिएन। साथ दिने मान्छेको खोजीमा थिए। यस्तैमा भेटिइन् कल्पना डौलीया। उनी पनि डिभोर्सी भन्ने थाहा पाएपछि ०६६ मंसिर ३० गते विवाह बन्धनमा बाँधिए। कल्पनाकै जोडबलमा विवाह गरेको ४ महिनापछि अर्थात् ०६६ चैत ९ मा विवाह दर्ता भयो। विवाह दर्ता गरेको केही महिनापछि घरबाट रातारात हराइन्, कल्पना। खोजी गर्दा फेला परिन् टीकाराम न्यौपानेसँग। १५ दिन छानबिनका लागि हिरासतमा राखी सरकारी वकिलमार्फत् चितवनका प्रमुख जिल्ला अधिकारीले जरिवाना गराएर मुद्दा टुंग्याए।

चार महिनापछि ०६७ साउन १२ गते भरतपुर नगरपालिकामा कल्पनाले उजुरी दिइन् टिकारामविरुद्ध। ०६७ साउन १२ गते कार्यकारी अधिकृतलाई सम्बोधन गरी कल्पनाले लेखेको पत्रमा भनिएको छ– म टीकाराम न्यौपानेको कान्छी श्रीमती हुँ। दमौलीमा बस्छु। श्रीमानले खान दिएनन्। श्रीमानलाई झिकाएर छलफल गराइपाऊँ। भोलिपल्टै कल्पना र टीकाराम दुबै पक्षलाई झिकाएर छलफल चल्यो। ६ लाख ५० हजार लिएर दोस्रा पति टीकाराम न्यौपानेसँग मिलेर बस्ने भन्ने निणर्य माइन्युट बुकमा सही गराएको प्रमाण हामीसँग सुरक्षित छ।


सुन्दरीको पासोमा ८० वर्षीय वृद्ध, १० सेकेन्डको मस्तीले पुर्‍यायो अस्पताल


यसरी एउटा पतीसँग हुँदाहुँदै फेरि अर्काे पुरुषसँग लागेको भेटिएपछि भीमलालको मन कुडियो। उल्टै ०६९ साल माघ १४ मा कल्पनाले भीमलालविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ज गरिन्, सम्बन्धविच्छेद र माना चामलको। जिल्ला अदालतले मुद्दा सदर गर्‍याे। एउटै महिलाले तीन ठाउँमा विवाह गरेको, विवाह गरेको केही समयपछि नै अदालतमा मुद्दा मामिला गरी अंश माग्ने गरेको प्रमाण पेश गर्दा पनि चेलीका आँशु हेरेर श्रीमानले फैसला सुनाए। आफूमाथि अन्याय भएपछि प्रमाणहरू भेला पारेर भीमलाल पुनरावेदनका लागि उच्च अदालतको शरणमा पुगे।

त्यहाँ कल्पनाको नियतमै खोट रहेको, आफूसँग वैवाहिक सम्बन्ध कायमै रहँदा टीकारामसँग कान्छी श्रीमतीकै रूपमा रहेको भरतपुर नगरपालिकाको ०६७ माघ १३ को माइन्युट पेश गरेका थिए, भीमलालले। न्यायाधीश नरबहादुर शाहीले ०७५ जेठ १६ गते फैसला सुनाए, वादी भीमलाल लामिछाने र प्रतिवादी कल्पना लामिछानेबीच लोग्ने स्वास्नीको नातासम्बन्ध कायम रहन नसक्ने हुँदा सुरुको फैसला उल्टी वादीको फिराद दाबीबमोजिम विवाह बदर हुने। यो प्रकरणपछि कल्पना सर्वाेच्चमा पुगिन् भीमलालविरुद्ध मुद्दा बोकेर।

अहिले याे मुद्दा सर्वाेच्चमा विचराधिन छ। उनै कल्पनासँग विवाह बन्धनमा बाँधिएपछि जीवनभर अड्डा–अदालत नचारेहका उनी ७७ वर्षको बूढेसकालमा अड्डा अदालतको ढोका चहार्न बाध्य छन्। पछिल्लो ११ वर्ष अड्डा–अदालतका ढोका चहार्दैमा कष्टसँग बितेका छन्, उनका दैनिकी। कल्पनाको पहिलो विवाह भएको रहेछ लमजुङका खुशीराम डौलियासँग। तर, यो बिचमा दोश्रो विवाह गरीवरी अदालतमा मुद्दा चलिरहेकै बेला  भीमलालसँग तेश्रो विवाह गराइएको रहस्य खुल्यो।


छोरा बेलायतमा, छोरी अमेरिकामा, ‘सुबेदार बा’ वृद्धाश्रममा (भिडियोसहित)


पहिलो पति खुशीराम डौलियासँग ०६३/४/२६ मा सम्बन्धविच्छेद भएको अदालतका फाइल खोतल्दा भेटिन्छ। तीन वर्ष व्यतित नहुँदै ६६ असार १७ मा चितवन भरतपुर नगरपालिका– ९, शरदपुरका टीकाराम न्यौपानेसँग दोश्रो विवाह भएको रहेछ। टीकारामसँग विवाह भएको ४ महिना नबित्दै अदालत पुगेकी रहिछन्। चितवन जिल्ला अदालतमा ०६६ कार्तिक १३ मा आवश्यक रकम लिएर मिलेर बस्ने भनी मिलापत्रसमेत भएको अभिलेख र कागजातले बोल्छ। दोस्रो पतिसँग मिलापत्र भएको र सम्बन्धविच्छेद नै नभएको अवस्थामा फेरि भीमलालसँग विवाह गर्न भ्याएकी हुन्, कल्पनाले। दोश्रो पति टीकारामसँग अदालतबाट मेलमिलाप भएको एक महिना नबित्दै २०६६ मंसिर ३० गते भीमलालसँग विवाह भएको भेटिन्छ।

प्रकाशित मिति: : 2023-05-21 20:25:00

प्रतिकृया दिनुहोस्