प्रतिनिधिसभा बैठकमा सांसदहरुको मनलाग्दी: बैठकको अन्तिमसम्म १८ जना मात्रै बसे, अरु सबै टाप

प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी छ। आइतबारको बैठकमा पनि दलका नेता तथा सांसदहरुले नीति तथा कार्यक्रममाथि छलफल जारी राखे।

अपराह्न १२ बजेबाट सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि लामो सम्बोधन राखे। भने, अन्य दलका सांसदहरुले पनि आफ्नो दलको तर्फबाट प्रतिक्रिया दिए।

अपराह्न १२ बजे बैठक सुरु हुँदा सांसदहरुको उल्लेखनीय सहभागीता रहे पनि बैठकको अन्त्यसम्म जम्मा १८ जना सांसद मात्रै बसेका थिए। साँझ साढे ७ बजेतिर बैठक सकिने समयमा अधिकांश सांसदले टाप कसेकाे हुन्।

सरकारको नीति तथा कार्यक्रमले देशको आर्थिक भविष्यको निर्धारण गर्छ, त्यसको लागि सांसदहरुबीच छलफल र बहस आवश्यक रहे पनि सांसदहरुले आफ्नो जिम्मेवारी नै पूरा नगरी बैठकमा ठिक्न नसकेको पाएको छ।

प्रकाशित मिति: : 2023-05-21 20:01:00

प्रतिकृया दिनुहोस्