रवि लामिछाने र स्वर्णिम वाग्ले ‘एमसीसीका एजेण्ट’ हुन्– स्वागत नेपाल (भिडियाे)

अधिवक्ता स्वागत नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सांसद स्वर्णिम वाग्लेलाई ‘विदेशी एजेण्ट’को रुपमा टिप्पणी गरेका छन्।

एपीवान टेलिभिजनको ‘द प्रकाश सुवेदी शो’ कार्यक्रममा उनले लामिछाने र वाग्लेलाई अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को एजेण्ट भएको आरोप लगाएका हुन्।

अधिवक्ता नेपालले बोल्दैजाँदा २७ मिनेट १८ सेकेन्डमा सांसदसमेत रहेका सभापति लामिछाने र ३१ मिनेट ५१ सेकेन्डमा सांसद वाग्लेको राजनीतिक उदय र चरित्रबारे गम्भीर टिप्पणी गरेका छन्।

‘नेपालमा नयाँ पुस्ताको एउटा विदेशी एजेन्ट विदेशीहरूले भेटेका छन्,’ रवि लामिछानेका सन्दर्भमा उनले भनेका छन्।

प्रकाशित मिति: : 2023-05-22 07:02:00

प्रतिकृया दिनुहोस्