ए डिभिजन लिगमा चर्च ब्वाइज र हिमालयन शर्पाको बराबरी

सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाईटेड हिमालयन शर्पा क्लबसँग बराबरीमा रोकिएको छ। 

आइतबार च्यासल फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइज युनाईटेड र हिमालयन शर्पा क्लब १:१ को बराबरीमा रोकिएको हो। खेलको १३औँ मिनेटमा अन्जन विष्टलले गोल र्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाए। त्यस्तै, खेलको ३६औँ मिनेटमा हिमालयन शर्पाका लागि अबायोमी फाकुन्लेले गोल गरेर खेललाई बराबरीमा ल्याए।

यस बराबरीसँगै चर्च ब्वाइज ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने हिमालयन शर्पा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-05-22 17:22:00

प्रतिकृया दिनुहोस्