ए डिभिजन लिग: खुमलटारले सातोबाटोलाई हरायो

काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजय गरेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो युथ क्लब खुमलटारसँग १-० ले पराजित भएको हो। खेलको ३७ औं मिनेटमा मेसुके ओलुमोउले निर्णायक गोल गरेर खुमलटारलाई सफलता दिलाए।

यस जितसँगै खुमलटारले २० खेलमा २१ अंक जोडेको छ भने सातदोबाटो २० खेलमा २९ अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-05-23 17:48:00

प्रतिकृया दिनुहोस्