पाँच हजार मिटर दौडमा मिङ्मार र निनुलाई स्वर्ण

फाइल तस्बिर
फाइल तस्बिर

दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन्। मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन्। 

मिङ्मारले निर्धारित दूरी १८ मिनेटमा नौ सेकेन्डमा पूरा गरे। सोही स्पर्धामा काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक प्राप्त गरे। महिलातर्फ निनुले निर्धारित दूरी २१ मिनेट आठ सेकेन्डमा पूरा गरिन्। सो स्पर्धामा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य पदक प्राप्त गरिन्। 

यसैगरी एथलेटिक्स दुई सय मिटर दौड पुरुषतर्फ  मकवानपुरका जिकेश सापकोटा तथा महिदलातर्फ मकवानपुरकै दिना गोपालीले स्वर्ण पदक जिते। हेटौंडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएकोे प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय दिनाले महिलामा र जिकेशले पुरुषमा स्वर्ण जितेका हुन। दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड समय लगाएर पदक जितेका हुन्। महिलामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे। पुरुषतर्फ भने मकवानपुरकै सुजन राई र चितवनका शेखर उप्रेतीले कांस्य पदक जिते। 

महिला आठसय मिटर दौडमा ललितपुरकी रजिना दुलालले सफलता प्राप्त गरिन। उनले दुई मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन। यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जितेकाछन्। पुरुषतर्फ चितवनका अृमत बोटले जित्न सफल भए। उनले यो दूरी दुई मिनेट ८ सेकेन्डमा पूरा गरेका थिए। सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल भएका हुन्।

प्रकाशित मिति: : 2023-05-24 06:38:00

प्रतिकृया दिनुहोस्