संसदमा रविकाे टिप्पणी– को सांसद कुन बाटोबाट संसदमा आएको भन्ने छर्लङ्ग छ 

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले निर्वाचन प्रणाली निकै महंगो भएको बताएका छन्। संसदमा नीति तथा कार्यक्रममाथि छलफलमा उनले संसद बन्नका लागि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था रहेको बताए।

सांसद बन्नका लागि टिकट पाउने समयदेखि नै किनबेच हुने भन्दै लामिछानेले को सांसद कुन बाटो हुँदै संसदमा आएको भन्ने छर्लङ्ग रहेको बताए। उनले भने, ‘यहाँ ठूला कुरा गर्ने कैयन माननीयज्यूहरुले पनि कुन ढंगले राजनीतिक अभियान अगाडि बढाउनुभयो र कुन बाटो हुँदै संसदमा आउनुभयो भन्ने छर्लङ्ग छ।’

आफूले पनि निर्वाचनमा नौ लाख खर्च गरेको प्रसंग उठाउँदै लामिछानेले भने, ‘यो निर्वाचन प्रणालीमा कयौँ पार्टीबाट निर्वाचनमा आउन टिकट पाउन कति पैसा बुझाउनुपर्यो? त्यो टिकट पाएपछि चुनावमा जान कति पैसा खर्च गर्नुपर्यो? अनि त्यो पैसा कहाँबाट असुल उपर हुन्छ? निर्वाचन प्रमाणाली खर्चिलो छ। यसलाई ध्यान दिनुपर्ने अवस्था छ।’

प्रकाशित मिति: : 2023-05-24 13:08:00

प्रतिकृया दिनुहोस्