कठै कानुन!

नागरिक दैनिक

अनन्तराज लुइँटेल

२०४५ सालमा भक्तपुरमा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा कर्ण ह्योजु हत्या प्रकरण त्यस बेलाको सबैभन्दा विभत्स हत्याकाण्ड थियो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’सहितका ६५ जना नेता कार्यकर्ताविरुद्ध फाँसीको सजाय माग गर्दै तत्कालीन सरकारले मुद्दा चलाएको सो घटना तत्कालीन अवस्थाको सबैभन्दा भयावह प्रकरण थियो।  

भक्तपुर घटना अहिले विगत बनिसकेको छ। विगत तीन दशकको राजनीतिले मुलुकमा उथलपुथल ल्याइसकेको छ। भिडले लखेटीलखेटी मारेको पैंतीस वर्षअघिको सो घटनाले मुलुकमा गम्भीर फौजदारी कसुर निम्त्याएको थियो। ह्योजु हत्या प्रकरणमा बीस महिनाको जेल सजाय बिताएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छे पछिल्लो नेपाली राजनीतिमा एक शीर्षस्थ नेताका रूपमा स्थापित छन्। सानो कम्युनिस्ट पार्टीको अध्यक्ष तर आफ्नो पार्टीभित्र एकाधिकार र वर्चस्व कायम गरेका नेताका रूपमा उनी अहिले अवकाश जीवनको नजिकमा छन्।

प्रकाशित मिति: : 2023-05-28 09:02:00

प्रतिकृया दिनुहोस्