विकास र समृद्धिको आधार गणतन्त्रः प्रदेश  प्रमुख शर्मा

फाइल तस्बिर
फाइल तस्बिर

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताएका छन्।

१६ औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक र गौरवमय दिनका रूपमा गणतन्त्र दिवस रहेको बताएका छन्।

सन्देशमा भनिएको छ 'यस महत्वपूर्ण दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।'

प्रकाशित मिति: : 2023-05-29 08:47:00

प्रतिकृया दिनुहोस्