प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणमा ५ जना मन्त्री जाने

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारत भ्रमणमा ५ जना मन्त्री जाने भएको छन्।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिष्दको बैठकले भारत भ्रमण स्वीकृत गर्दै प्रधानमन्त्री प्रचण्डससँग पाँच मन्त्री भ्रमणमा जाने टुङ्गो लागेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्।

उनका अनुसार भ्रमणमा टोलीमा प्रधानमन्त्रीसहित ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्र एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुनेछन्।

प्रधानमन्त्रीसहितको टोली यही जेठ १७ देखि २० सम्मका लागि भारत भ्रमणमा जाँदैछ।
 

प्रकाशित मिति: : 2023-05-29 16:33:00

प्रतिकृया दिनुहोस्