बालेनको टिपप्णीः बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो !

काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले सांसदरूप्रति दह्राे कटाक्ष गरेका छन्।

सरकारले विवादित सांसद विकास कोषलाई परिमार्जन गरेर ब्यूँत्यायपछि मेयर बालेन्द्रले 'बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आएको' टिप्पणी गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनुभयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू?’

नेपाली कांग्रेसका सांसदहरूको दबाबमा सोमबार सार्वजनिक भएको बजेटमा संसद् विकास कोष ब्यूँताइएकाे छ। सांसद विकास कोषका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ।

प्रकाशित मिति: : 2023-05-30 09:55:00

प्रतिकृया दिनुहोस्