एसियाडका लागि करातेका ८ खेलाडी छनोट

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि कराँतेको अन्तिम छनोट सम्पन्न भएको छ।

एसियाड आगामी असोज ६ देखि २१ गते सम्म हुनेछ।देखि चीनमा हुने एसियाली खेलकुदका लागि कराँतेबाट आठजना खेलाडी छनोट भएका हुन्। छनोट प्रतियोगिता जेठ १६ र १७ गते भएको थियो जसमा कुमुतेतर्फ ३ महिला र ३ पुरुष गरी ६ जना भएका हुन भने  कातातर्फ १–१ जना महिला र पुरुष खेलाडी छनोट भएका छन्।

यी हुन छनोट भएका खेलाडी :

पुरुष:

विप्लव श्रेष्ठ (८४ केजीमाथि)
मोहम्मद शेख आलाम (६७ केजीमुनि)
सन्तोष श्रेष्ठ (६० केजीमुनि)
स्वर्णिम मानन्धर (एकल काता)

महिला:

आरिका गुरुङ (६७ केजीमाथि)
निरुपा तामाङ (६१ केजीमुनि)
सविना श्रेष्ठ (५५ केजीमुनि)
एलिशा रास्कोटी (एकल काता)

प्रकाशित मिति: : 2023-05-31 17:53:00

प्रतिकृया दिनुहोस्