महिलाले पूर्ण सुरक्षित महसुस कहिले गर्ने ?

रातोपाटी

काठमाडौँ

स्कुले जीवनमा महिला हिंसा के हो र यसलाई शब्द कसरी बुझ्ने भन्ने लाग्थ्यो । शिक्षक–शिक्षिकासँग सोध्दा एक वाक्यमा भन्नुहुन्थ्यो, ‘कुनै पनि महिलालाई कुटपिट गर्‌याे, दुःख दियो अथवा अमानवीय व्यवहार  गर्‌याे भने त्यसलाई महिला हिंसा भनिन्छ ।’

खोइ सम्झनँ सकिनँ, तर उहाँहरूले भन्नुभएको तात्पर्य अहिले बुझ्दै छु । हो, त्यो बेला पनि सोच्ने गर्थें, ओहो मलाई पनि हिंसा गर्ने हो कि कसैले । अनि फेरि नियम–कानुनको सम्झना आउँथ्यो, अनि मन फुरुङ्ग हुन्थ्यो । टेलिभिजनमा सिनेमा हेर्दा अदालतमा भएका मुद्दा, फैसला जितेको अनि न्याय पाएको सम्झन्थेँ ।

प्रकाशित मिति: : 2023-06-03 09:31:00

प्रतिकृया दिनुहोस्