पत्रकार र बेली डान्सरकाे प्रेम जाेडीले लुट्याे नेपाली युवाकाे कराेडाैँ रकम

पीडित युवाहरु।

पत्रकार र बेली डान्सर भनेर चिनिने दुई जनाले विदेश पठाउने भन्दै नेपाली युवाबाट कराेडौंँ रकम ठगेका छन्।

ठगीमा परेका केही युवाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पत्रकार भनेर आफूलाई चिनाउने उदयपुर त्रियुगा नागरपालिका– १० घर भएका सुजन आचार्य र भक्तपुर घर भएकी बेली डान्सर भनेर चिनाउने बिनु शाक्यले कराेडौं रकम गठेको बताएका छन्।

बिनु सुजनको प्रमीका भएको पत्रकार सम्मलनमा सहभागी युवाले बताएका छन्। पैसा उठाउनेमा सुजनको भाइ भनेर चिनिएका बाह्रदशे गाउँपालिका– ६ का सिर्जन निरौला पनि रहेका छन्। ३९ जना युवाबाट उनीहरुले १० करोड रुपैयाँ ठगी गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

ठगीका मुख्य नाइके सुजन सिंगापुरमा छन्। उनले सिंगापुरमा आफ्नो विभिन्न व्यवसाय रहेको भन्दै त्यसमै राजगारी दिने भनेर नेपाली युवाबाट लखौँ रकम उठाएका छन्। ‘हामी ३९ जना युवाहरुबाट सुजन आचार्यले १० करोड रुपैयाँ गठी गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

यो रकम सम्पर्कमा आएकाहरुको मात्र रहेको र बाँकी अन्य पनि ठगीमा परेको कुरा थाहा पाएको पत्रकार सम्मेलनमा बताइयो।

प्रकाशित मिति: : 2023-06-05 14:51:00

प्रतिकृया दिनुहोस्