बल्झिइरहने पहिरोले दिने पीडा: आउने वर्षामा के हुने हो भन्ने सम्झेर मन आत्तिन्छ

सेतोपाटी

भगवती पाण्डे

बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरकी ६५ वर्षीय उजेली विकलाई वर्षाको मौसम आउन लाग्यो भन्ने सम्झिँदा पनि मुटु चिसो हुन्छ।  

दुई वर्षअघि २०७८ साल भदौ १३ र असोज ४ गते बुटवलबाट पूर्वीउत्तरको चुरेबाट झरेको पहिरोले घर भत्काएको घटनाले उनलाई तर्साइरहन्छ।

असोज ४ गते पूर्णिमाको दिन थियो। सबेरै उठेर उजेली बिहानको नित्यकर्म गरी पूर्णिमाका देवतालाई चढाउन खिर पकाउँदै थिइन्। बाहिर पानी दर्किंदै थियो।

प्रकाशित मिति: : 2023-06-06 12:14:00

प्रतिकृया दिनुहोस्