कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

Photo -OK
Photo -OK

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

माओवादी प्रदेश कमिटीका पदाधिकारीको मंगलबार बिहान बसेको बैठकले एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको प्रदेश कमिटीका सचिव गणेश उप्रेतीले जानकारी दिए।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन्।

प्रकाशित मिति: : 2023-06-06 13:52:00

प्रतिकृया दिनुहोस्