करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता छैन: अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले करको दर हेरफेरमा कुनै अनधिकृत व्यक्तिको संलग्नता नरहेको बताएका छन्।

केही सञ्चारमाध्यममा अनधिकृत व्यक्तिको संलग्नामा करको दर हेरफेर गरेको समाचार प्रकाशित भएपछि प्रतिपक्ष दलले आज अर्थमन्त्रीको जवाफ मागेको थियो।

जवाफ दिने क्रममा अर्थमन्त्री महतले कुनै व्यक्तिको संलग्नता नरहेको संसदमा स्पष्ट पारे। उनले समाचारमा नाम जोडिएका रामकृष्ण श्रेष्ठ बजेट टाइप गर्ने बेलाका एक सहयोगी मात्र रहेको जानकारी दिए।

कसैको प्रभावमा आफू नपरेको र बिचौलियालाई छेउछाउमा आउन नदिएको अर्थमन्त्री शर्माले बताए।

उनले रामकृष्णलाई आफूले नियुक्त नगरेको पनि बताए। उनले भने, ‘म आउनुभन्दा अगाडि नै रामकृष्ण श्रेष्ठले नियुक्त लिइसक्नुभएको थियो। उहाँले ३०औँ वर्षदेखि काम गरेको र उहाँ विज्ञ भनेर चिनिने व्यक्ति पनि हो र उहाँ करको दर हेरफेरमा संलग्न पनि भएको होइन। मात्र बनिसकेको बजेट उहाँले टाइप गर्ने मात्र गरेको हो।’

प्रकाशित मिति: : 2023-06-06 14:42:00

प्रतिकृया दिनुहोस्