विश्वकप क्रिकेट छनोट: अमेरिकाविरुद्ध करण एक्लैले लिए ४ विकेट

आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालका लागि करण केसी एक्लैले चार विकेट लिएका छन्।

करणले चौथो विकेटमा नस्थुस केन्जिगलाई आउट गरे, उनी एक रनमै पेभेलियन फर्किए।

करणले आठौँ ओभरको पाँचौँ बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

यसअघि उनले दोस्रो ओभरको पाँचौँ र छैटौं बलमा लगातार विकेट लिएका थिए। उनले दोस्रो ओभरको पाँचौँ बलमा स्टेभन टेलरलाई एलबीडब्लु गरेका थिए भने दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई आरिफ शेखको हातबाच क्याच आउट गराएका थिए।

 

प्रकाशित मिति: : 2023-06-20 13:29:00

प्रतिकृया दिनुहोस्