विश्वकप छनोट: अमेरिकाले दियो नेपालाई २०८ रनकाे लक्षय

File Photo
File Photo

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जारी खेलमा अमेरिकाले नेपालाई २०८ रनकाे लक्ष्य दिएको छ।

मगंलबार जिम्मबाबेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनायाे।

नेपालका लागि करण केसीले चार, दीपेन्द्रसिंह ऐरीले दुई, ललित राजवंशी र गुलशन झाले समान एक-एक विकेट लिएका थिए।

उता, अमेरिकाका लागि गज्जानन्द सिंहले ४१ बलमा १ छक्कासहित दुई चौका प्रहार गरी २६ रन बनाएर आउट हुन पुगे। त्यस्तै, अमेरिकाका ओपनर स्टिभ टेलर ४ रन बनाएर बोल्डआउट हुन पुगे। सुशान्त मोदानी ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरी आउट हुन पुगे। 

प्रकाशित मिति: : 2023-06-20 16:18:00

प्रतिकृया दिनुहोस्