काभा पुरुष भलिबल प्रतियोगिता: नेपाल उज्वेकिस्तानसँग पराजित

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो। उज्वेकिस्तानले नेपाललाई पहिलो सेट २५–२१ दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित ग-यो।प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो।

यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो। त्यसैगरी, नेपाल तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियाे।

प्रकाशित मिति: : 2023-06-25 17:36:00

प्रतिकृया दिनुहोस्