फुङफुङ झरनामा क्यानोनिङको मेला (फोटोफिचर)

नुवाकोटको ककनी गाउँपालिका- ४ स्थित फुङफुङ झरनामा १० गते आइतबार क्यानोनिङ मेला भव्य रुपमा सम्पन्न भएको छ।

नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको प्रविधिक सहयोग र नेपाल पर्वतारोहण संघ र ककनी क्यानोनिङ एण्ड रिसर्च कमिटीको सह-आयोजना रहेको थियो। नेपाल पर्यटन बोर्ड र  नेपाल पर्वातरोहण संघका प्रतिनिधि, पर्यटन व्यवसायी लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति थियाे।

सोही झरनामा असार ३ देखि १० गतेसम्म स्थानीयलगायत पर्वतीय पर्यटनमा कार्यरत पथ प्रदर्शक २५ जना युवा-युवतीका समूहले परिचयात्मक क्यानोनिङ गाइड तालिम लिएका थिए।

तस्बिरहरु :

सम्बन्धित समाचार
प्रकाशित मिति: : 2023-06-26 22:00:00

प्रतिकृया दिनुहोस्