पर्यटन राज्यमन्त्री सिर्पालीकाे उपस्थितिमा बेलकाेटगढीमा मनाइयाे धान दिवस (तस्बिरहरु)

आज (शुक्रबार) असार पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस। यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइँदैछ। यस्तैगरी नुवाकोटको बेलकोटगढी नगरपालिका– १२, बाँसुकी गाउँमा पनि विशेष कार्यक्रमको आयोजना गरी धान दिवस मनाइएको छ।

नेपाल पर्यटन बोर्डकाे प्रवर्द्धन र बेलकोटगढी नगरपालिका र गाउँ पर्यटन प्रवर्द्धन नेपालले संयुक्त रुपमा आयोजना गरेको रोपाइँ महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली (ठकुरी)को प्रमुख आथिथ्यता रहेको थियो।

रोपाइँ महोत्सवमा नगरपालिकाका प्रतिनिधि तथा स्थानीय, विद्यार्थी लगायतको उपस्थिति रहेको छ।


तस्बिरहरु :

 

प्रकाशित मिति: : 2023-06-30 16:55:00

प्रतिकृया दिनुहोस्