माथिल्लो मुलपानी क्रिकेट रगंशालको नाम परिर्वतन गरिएको भन्दै कागेश्वरी मनोहराका नगरपालिकाका मेयरको उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले मुलपानी माथिल्लो क्रिकेट मैदानको नाम परिर्वतन गरेर जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेपछि मेयर कार्कीले आपत्ति जनाएका हुन्।
'मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार शाह अन्तर्राष्ट्रिय क्रीकेट मैदान रखिएको कुरा प्रति हाम्रो गम्भिर ध्यानकार्षण भएको छ! यसरी मुलपानी र कागेश्वोरी मनोहराको नाम मेटाउने प्रयास cricket association of nepal वा कसैबाट भएमा हामीलाई स्वीकार्य हुने छैन', उनले सामाजिक सञ्जालमार्फत विराेध जनाएका छन्।
मुलपानी माथिल्लो क्रिकेट मैदानले गत वैशाखमा ओडिआई मान्यता प्राप्त गरेको थियो। उक्त मैदानमा एसियन क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप आायोजनासमेत भएको थियो।