आमन्त्रित टोली कुवेत साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ।
शनिबार बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतले बंगालदेशलाई १:० ले पराजय गरेर फाइनलमा प्रवेश गरेको हो।
कुवेतका लागि अब्दुल्लाह अलब्लोशीले इन्जुरी समयमा गोल गरे।
कुवेत समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै आज हुने अर्का सेमिफाइनलमा लेबनान र भारत भिडदैँ छन्।