एसीसी इमर्जिङ टिम्स एसिया कप: नेपालको पहिलो खेल पाकिस्तानसँग

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।

आगामी असार २८ गतेदेखि श्रीलंकामा सुरू हुने सो प्रतियोगितमा असार २९ गते घरेलु टोली नेपालले आफनो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको हो। त्यस्तै नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ भने साउन ३ मा नेपााले युएईको ‘ए’ टिमसँग खेल्नेछ।

समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए रहेका छन भने समूह बी मा पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए छ। प्रतियोगितको फाइनल साउन ७ मा हुनेछ।

प्रकाशित मिति: : 2023-07-07 13:09:00

प्रतिकृया दिनुहोस्