सन्दीप र दीपेन्द्रले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।

दुवै जना क्यानडाको ग्लोबल टी-२० लिग खेल्न जाने भएको कारणले  इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका हुन्। उक्त लिगमा सन्दीप  सर्रे जागुअरमा र दीपेन्द्र मोन्ट्रेल टाइगर्सबाट खेल्दै छन्।

नेपाली टोली शुक्रबार जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर स्वदेश फर्किएका छन्।

प्रकाशित मिति: : 2023-07-07 14:30:00

प्रतिकृया दिनुहोस्