अस्पतालको टेन्डर बदमासी पत्ता लगाउन बनेको समितिले नै लुकायो भक्तपुर र भरतपुरको बदमासी, ट्रमा र सुशीलको टेन्डरमाथि प्रश्न

उकेरा

उपेन्द्र खड्का

चार वटा अस्पतालका स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे छानबिन गर्न गठित समितिले निश्चित कम्पनीले दायर गरेको टेन्डरमा भएको बदमासी लुकाउँदै दुई वटा टेन्डरबारे मात्र प्रश्न उठाएको खुलेको छ।

उकेराले प्राप्त गरेको प्रतिवेदनमा भरतपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालले एक कम्पनीको उत्पादनसँग मात्र मिल्नेगरी मापदण्ड बनाएर अगाडि बढाएको एमआरआई र सिटी स्क्यानको टेन्डरबारे प्रतिवेदन मौन छ।

भरतपुर र भक्तपुरको टेन्डरमा प्राविधिक मापदण्डमा खेलेर सिमेन्सको मात्र उत्पादन मिल्नेगरी टेन्डरमा मिलेमतो भएको थियो। भरतपुरमा बढीमा २३ करोड पर्ने मेसिन ३१ करोड ४६ लाखमा किन्न प्रक्रिया अगाडि बढेको थियो भने भक्तपुरमा १८ करोडमा सिटी किन्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2023-07-08 13:03:00

प्रतिकृया दिनुहोस्