संसद खुलाउनेबारे ओलीले भने- संसदमै थाहा हुन्छ

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा जारी बैठकमा सकिएको छ।

केही दिनदेखि अवरुद्ध संसद्को तल्ले सदन प्रतिनिधिसभा सुचारु गर्ने सन्दर्भमा तीन दलका शीर्ष नेताहरू छलफलमा थिए। बैठकबाट ओली र देउवा बाहिरएका छन्। 

बैठकबाट पालैपालो निस्किएका नेताहरूले सञ्चारकर्मीहरूसँग थप कुरा खोल्न चाहेनन्। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बाँकी नतिजा संसद्बाटै दिने प्रतिक्रिया दिएका छन्। बैठकमा के सहमति भयाे भन्ने पत्रकारहरूकाे प्रश्नमा उनले, ‘अब पार्लियामेन्ट (संसद) मै थाहा हुन्छ,’ उनले भने।

प्रकाशित मिति: : 2023-07-10 14:22:00

प्रतिकृया दिनुहोस्