एसीसी इमर्जिङ टिम्स एसिया कप: नेपाल पाकिस्तान ‘ए’सँग खेल्दै

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पहिलो खेल पाकिस्तान ‘ए’सँग खेल्दै छ।

श्रीलंकामा आयोजना भइरहेको उक्त प्रतियोगितामा नेपाल र पाकिस्तान ए को खेल नेपाली समय अनुसार सवा १० बजे कोलम्बो क्रिकेट क्लबको मैदानमा हुँदैछ। गत वैशाखमा नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छनोट भएको हो। नेपाल आज जितको लक्ष्यका साथ मैदानमा उत्रिदैँ छ।

त्यस्तै नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ भने साउन ३ मा नेपााले युएईको ‘ए’ टिमसँग खेल्नेछ।

समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए रहेका छन भने समूह बी मा पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए छ। प्रतियोगितको फाइनल साउन ७ मा हुनेछ।

प्रकाशित मिति: : 2023-07-14 09:21:00

प्रतिकृया दिनुहोस्