बङ्गलादेशमा भएको मैत्रीपूर्ण फुटबल सिरिजको च्याम्पियन राष्ट्रिय महिला फुटबल टोली स्वदेश फिर्ता भएको छ। टोली बङ्गलादेशको उडानमार्फत् सोमबार बिहान त्रिभुवन विमानस्थल ओर्लिएको हो।
बंगलादेशमा दुई मैत्रीपूर्ण म्याचको सिरिज खेलेर नेपाली टिम स्वदेश फर्किएको हो।
दुबै खेलमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फिफा मान्यताको मैत्रीपूर्ण सिरिज हात पारेको थियो।