कर्णालीमा वार्षिक १० हजारलाई राेजगारी दिने संयन्त्र बन्दैछ– अर्थमन्त्री सिंह

कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री वेदराज सिंहले कर्णालीमा वार्षिक १० हजारलाई राेजगारी दिने संयन्त्रकाे विकास गर्नलाई बजेट व्यवस्थापन भएकाे बताएका छन्।

देशकै जेठाे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयकाे वार्षिकोत्सब समारोहमा सहभागी हुन जुम्ला पुगेका मन्त्री सिंहले पत्रकारहरुसँगकाे छलफलमा राेजगारी दिनलाई उत्पादन बढाउने विषयमा गहन छलफल गरिने बताएका हुन।

‘पूर्वाधार विकास, राेजगारी सृजना र गरिबी अन्त्य कर्णालीकाे पहिलाे प्रथामिकताका रहेकाे छ,’ उनले भने, ‘गरिबी, बेराेजगारी र विकटता कर्णालीका चुनाैती हुन्। अहिलेकाे बजेटले बेराेजगारी अन्त्य,उत्पादन बृद्दि, गरिबी अन्त्य लगायतका क्षेत्रलाई जाेड दिएकाे छ।’

पर्यटन, कृषि, जल, जमिन, जडिबुटि संग युवालाई जाेडेर वर्षमा १० हजार युवालाई राेजगारी दिन डेढ अर्ब लागतकाे कर्णाली समृद्धिकाे आयाेजना संचालन गरिने उनकाे भनाइ छ। 

उनले संघियता कार्यान्वयनपछि विकासकाे जग बसेकाे बताए। ‘अपेक्षित रुपमा नभएपनि संघियतापछि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सिँचाई, पूर्वाधार, सडक लगायतका क्षेत्रकाे विकासकाे जग बसेकाे छ,’ उनले भने।

कर्णालीका ७९ वटा स्थानीयतह मध्ये १० वटामा सडक पुगेकाे छैन्। याे तथ्यलाई मध्यनजर गरेर गाउँगाउँमा सडक पुर्‍याउन बजेट विनियोजन गरेकाे उनले बताए। 

उनका अनुसार सिमित स्राेत साधन र असिमित आवश्यकताले  अपेक्षित विकास हुन सकेकाे छैन। तथापी संघीयतापछि विकासकाे जग बसेकाे कुरालाई नकार्न सकिन्न। जगलाई बलियाे बनाएर आर्थिक रुपमा समृद्द र आत्मनिर्भर प्रदेश बनाउन  कर्णाली प्रदेश सरकार लागि परेका छ।

मन्त्री सिंहले विकासका हिसाबले कर्णाली निराशै हुनु पर्ने स्थिति नरहेकाे जाेड दिए। ‘विकासकाे जग बसिसकेकाे छ। अब आर्थिक समृद्दिकाे जग बसाल्न जरुरी छ। उत्पादन, कृषि र पर्यटनलाई व्यवसायीकरण गरि राेजगारि उपलब्ध गर्ने हाम्राे लक्ष्य छ। समृद्ध कर्णाली परियाेजनाकाे कार्यविधि बन्दै छ। उत्पादनसँग युवालाई जाेडिने छ,’ उनले भने।

उनले असारे विकास र बजेट फ्रिज हुने समस्यालाई समाधान गर्न प्रदेशबाट संचालित आयाेजनालाई पहिलाे चाैमासिककाे कार्तिक भित्रै ठेक्का आह्वान तथा याेजना सम्झाैता गरिसक्ने नीति लिने बताए। 

गरिबी बेराेजगारी कर्णालीका मुख्य चुनाैती भएकाेले सरकार अब उत्पादन बृद्दि र राेजगारी केन्द्रित कार्यक्रम संचालन गरिने उनकाे भनाइ छ। 

‘जुम्लाकाे रैथाने उत्पादनलाई ब्राण्डिङ गरेर आयात प्रतिस्थापन गर्ने तथा बजारीकरणमा जाेड दिएर किसानकाे आयस्तर बृद्दिमा समेत जाेड दिईने छ,’ उनले भने, ‘उत्पादनका आधारमा अनुदान टुक्रे याेजनाकाे अन्त्य, बहुवर्षिय याेजनालाई बजेटमा प्रथामिकता दिइने छ।’

प्रकाशित मिति: : 2023-07-21 07:48:00

प्रतिकृया दिनुहोस्