घरमाथि पहिरो खस्यो, आमा–छोराको मृत्यु

File Photo
File Photo

घरमाथि पहिरो खस्दा बैतडीमा एकै परिवारका दुईजनाको मृत्युभएको छ।

पहिरोले पुरिएका पुर्चौडी नगरपालिका–२ भैरु टोलका अञ्जु जागरी र उनका पाँच वर्षीय छोराको मृत्यु भएको हो। 

आइतबार राति खसेको परिवारले उनीहरूको घर पुरेको थियो। प्रहरीका अनुसार अञ्जुका देवर गोब्बर जागरी घाइते भएका छन्।

स्थानीय र प्रहरीको सहयोगमा पुरिएर घाइते अवस्थाका उनलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ।

प्रकाशित मिति: : 2023-07-24 07:47:00

प्रतिकृया दिनुहोस्