धर्मस्थलीमा छात्रवृत्ति वितरण तथा अन्तरक्रिया

धर्मस्थली आधारभुत विद्यालयले विहिवार छात्रवृत्ति वितरण गरेकाे छ। 

विद्यालयले गरीब, जेहेन्दार, उत्कृष्ट र दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हाे। 

२०७९ सालको नेपाल सरकारबाट प्राप्त ६३ हजार २ सय रुपैयाँ छात्रवृत्ति १ सय ५८ जना दलित र छात्रालाई जनही ४ सय रुपैयाँका दरले वितरण गरिएकाे हाे। 

यस्तै विद्यालयले मानव धर्म सेवा तर्फको १० हजार रुपैयाँ छात्रवृत्ति ५ जनालाई वितरण गरेको छ। 

मानव सेवा धर्मकाे छात्रवृत्ति कक्षा ८ मा अभिनाश नेपाली, एस्टर नेपाली, कक्षा ७ का मल्दिका परियार, कक्षा ६ का सुस्मिता माझी र सुजन परियारलाई जनही २ हजार रुपैयाँका दरले  प्रदान गरेकाे हाे।

यस्तै विद्यालयले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापनबारे अविभावक र व्यवस्थापन समितिसँग छलफल तथा अन्तरक्रिया गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले आफ्नो कार्यकालमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्थानीय निकाय, संघसंस्थासँग समन्वय गरी दिवा खाजालाई निरन्तर दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा पूर्व वडा अध्यक्ष राम्जी प्रसाद वराल, समाजसेवी पान प्रसाद तिमिल्सिना, निर्मला पाण्डे, मिनु के. सी र लक्ष्मण अधिकारी लगायतले दिवा खाजा कार्यक्रमका लागि दाल, चामल, आटा, तेल, चना चिउरा आलु, प्याज, मसला  आदि खाद्य वस्तु हस्तान्तरण गरे।

प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्बर ५ का अध्यक्ष विष्णु प्रसाद बरालले विद्यालयकाे चौतर्फी विकासका लागि  वडा  सधैं तत्पर रहेको बताए।

विशेष अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा अधिकृत रामप्रसाद तिवारीले धर्मस्थली विद्यालय महानगरको उत्कृष्ट ५ विद्यालयमा परी सम्मानित भएकोमा बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट होस् भनी शुभकामना दिए।

प्रधानाध्यापक बदन कुमारी शर्माले विद्यालयको गतिविधि प्रस्तुत गरेका थिए। विद्यालयले २०८० को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल पनि विहिवार नै प्रकाशन गरेको छ।

प्रकाशित मिति: : 2023-07-27 20:09:00

प्रतिकृया दिनुहोस्