एसियाली खेलकुद: नेपाली क्रिकेट टोलीको घोषणा

चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषादलाई १५ सदस्यीय टोलीको नाम पठाएको थियो। घोषणा भएको टोलीमा तीन खेलाडीले पुन पुनरागमन गरेका छन्। विनोदभण्डारी, अभिनाष बोहरा र विवेक यादव खेलाडीले पूनरागमन गरेका छन्।

यस्ता छन् नेपाली टोली:

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी 

प्रकाशित मिति: : 2023-07-28 15:33:00

प्रतिकृया दिनुहोस्