गिनिज वर्ल्ड रेकर्डर विष्टले रोजे मनास्लु वर्ल्ड कलेज

७ वर्ष ३ सय ४० दिनको उमेरमा विश्व कीर्तिमानी राख्न सफल सौगात विष्ट मनास्लु वर्ल्ड कलेजमा कक्षा ११ मा कानुन विषय अध्ययन गर्नका भर्ना गरेका छन्।

मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्नका लागि पूर्णछात्रवृत्ति दिएको कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले जनाए।

विष्टले विश्वको सबैभन्दा कान्छो निर्देशकको रुपमा सन् २०१४ मा विश्व कीर्तिमान राख्न सफल भएका थिए। उनले निर्देशन गरेको चलचित्र ‘लव यु बााबा’ हो। यस चलचित्र मार्फत नै विष्टले विश्व किर्तिमान राख्न सफल भएका थिए।

मनास्लु वर्ल्ड कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त क्रियाकलापका क्षेत्रहरु- खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखिनै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने मनास्लु कलेजको मुख्य उद्देश्य रहेको कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी गराए।

हजारौँको रोजाइमा रहेको मनास्लु वर्ल्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकि संकायमा अध्ययन अध्यापन गराइन्छ।

प्रकाशित मिति: : 2023-07-30 17:43:00

प्रतिकृया दिनुहोस्