यूके पठाउने भन्दै ११ करोड ठगेकाे आरोपमा पराजुली र शर्मा पक्राउ

यूके पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ। 

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई  
कोटेश्वरस्थित नरेफाँटबाट २५ जेठमा पक्राउ गरेकाे हाे। 

पक्राउ परेका उनीहरूले रोजगारीको लागि बेलायत पठाइदिन्छौँ भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ।  

अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

 

प्रकाशित मिति: : 2025-06-10 11:46:00

प्रतिकृया दिनुहोस्